YouVersion लोगो
खोज आइकन

एस्‍तर 5:1-3

एस्‍तर 5:1-3 सरल नेपाली

उपवास राखेको तेस्रो दिन एस्‍तरले आफ्‍ना राजसी वस्‍त्र लगाइन् र गएर महलको भित्री चोकमा सिंहासन राखेको कोठातिर हेरेर उभिइन्। राजा कोठाभित्र ढोकातिर फर्केर सिंहासनमा बसेका थिए। राजाले जब एस्‍तर रानीलाई बाहिर उभिरहेकी देखे, तिनले राजाको निगाह पाइन्। राजाले तिनीतर्फ सुनको राजदण्‍ड पसारे। तिनी अघि सरिन् र राजदण्‍डको टुप्‍पो छोइन्। “रानी एस्‍तर, के कुरा छ?” राजाले सोधे, “के चाहियो, मलाई भन र तिमीले पाउनेछौ। आधा राज्‍य नै भए पनि तिमीलाई दिनेछु।”

एस्‍तर 5 पढ्नुहोस्