YouVersion लोगो
खोज आइकन

एस्‍तर 1:15-20

एस्‍तर 1:15-20 सरल नेपाली

उनले तिनीहरूलाई भने, “म अहासूरस राजाले वश्‍ती रानीलाई चाकरहरूद्वारा एउटा आज्ञा पठाएँ। तिनले सो आज्ञापालन गरिनन्। हामीले रानीलाई के गर्नुपर्छ? कानुनले के भन्‍छ?” ममूकानले राजा र भारदारहरूलाई भने, “वश्‍ती रानीले राजाको मात्र होइन, अधिकृतहरूको पनि अपमान गरिन्। वास्‍तवमा तिनले राज्‍यका सबै मानिसहरूको अपमान गरिन्। रानीले के गरिन्, त्‍यो सुन्‍नेबित्तिकै राज्‍यभरि स्‍त्रीहरूले आ-आफ्‍ना लोग्‍नेलाई होचो दृष्‍टिले हेर्नेछन्। तिनीहरूले यसो भन्‍नेछन्, ‘अहासूरस राजाले वश्‍ती रानीलाई आफूकहाँ आउन भने तर तिनले इन्‍कार गरिन्।’ रानीको आचरणबारे जब फारस र मादीका अधिकृतहरूका स्‍वास्‍नीहरूले सुन्‍नेछन्, तब आजै दिनभरिमा तिनीहरूले आफ्‍ना लोग्‍नेलाई त्‍यो कुरा सुनाउनेछन्। जहीँ-तहीँ स्‍वास्‍नीहरूले लोग्‍नेहरूलाई इज्‍जत गर्न छोड्‍नेछन् र लोग्‍नेहरू आफ्‍ना स्‍वास्‍नीहरूमाथि रिसाउनेछन्। हजुरको इच्‍छा भए, वश्‍ती रानी अब कहिल्‍यै राजाको अघि देखा पर्न पाउनेछैनन् भनी एउटा राजकीय उर्दी निकालियोस्। फारस र मादीका कानुनमा यो उर्दी लेखियोस् भन्‍ने आज्ञा होस् र यो आज्ञा कहिल्‍यै नफेरियोस् अनि कुनै अझै योग्‍य स्‍त्रीलाई रानीको स्‍थान दिइयोस्। राजाको उर्दी यो विशाल राज्‍यभरि सुनाइएपछि हरेक स्‍त्रीले आफ्‍ना लोग्‍नेलाई ऊ धनी होस् वा गरीब, इज्‍जत गर्नेछिन्।”

एस्‍तर 1 पढ्नुहोस्