YouVersion लोगो
खोज आइकन

एफिसी 6:5-9

एफिसी 6:5-9 सरल नेपाली

नोकरचाकरहरू हो, ख्रीष्‍टको सेवा गरेझैँ इमानदारिसाथ तिमीहरूका संसारका मालिकहरूको डर राखेर आज्ञा मान्‍नू। तिमीहरूको काम आँखाको अघि मान्‍छेलाई देखाउने र उनीहरूबाट स्‍याबासी पाउने किसिमको मात्र नहोस् तर परमेश्‍वरको इच्‍छाअनुसार ख्रीष्‍टकै कमारोले झैँ पूरै दिलोज्‍यानले काम गर। मानिसलाई गरेजस्‍तो होइन तर प्रभुलाई नै जस्‍तो गरी खुसीले काम गर। कमारो भए पनि नभए पनि राम्रो काम गर्ने जति सबैलाई प्रभुले इनाम दिनुहुनेछ, यो कुरा तिमीहरूलाई थाहै छ। मालिकहरू हो, त्‍यसै गरी तिमीहरूले पनि आफ्‍ना नोकरचाकरलाई राम्रो व्‍यवहार गर र उनीहरूलाई धम्‍की नदेओ किनभने तिमीहरू र उनीहरू दुवैको एउटै मालिक स्‍वर्गमा हुनुहुन्‍छ भन्‍ने नबिर्स। उहाँले न्‍याय गर्दा कसैको पक्षपात गर्नुहुन्‍न।

एफिसी 6 पढ्नुहोस्