एफिसी 6:11-13
एफिसी 6:11-13 सरल नेपाली
शैतानका सबै युक्तिको सामना गर्न परमेश्वरले दिनुभएको उहाँका सबै हातहतियार भिर। हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्ट आत्माका विरोधमा हो। यसैकारण परमेश्वरका सबै हातहतियारहरू भिर। त्यसो हुँदा नराम्रो दिनमा दुष्ट आइलाग्दा त्यसलाई रोक्न सक्नेछौ र अन्तसम्म लडेर पनि तिमी खडा नै रहनेछौ।



