YouVersion लोगो
खोज आइकन

एफिसी 4:11-16

एफिसी 4:11-16 सरल नेपाली

उहाँले नै कसैलाई आफ्‍नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्‍डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। ख्रीष्‍टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्‍ने बनाउन र उहाँको शरीर मण्‍डलीको उन्‍नति गर्नलाई यो नियुक्ती दिनुभयो। यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्‍वासको एकतामा ल्‍याउन र परमेश्‍वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्‍छन् र एक दिन हामी परिपक्‍व बन्‍नेछौं र ख्रीष्‍टकै भरिपूर्णताको मात्रामा पुग्‍नेछौं। तब हामी स-साना केटा-केटीजस्‍ता धूर्त मानिसका विभिन्‍न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्‍छ। प्रेमसँग सत्‍य बोलेर सबै कुरामा हाम्रो शिर ख्रीष्‍टजस्‍तै हामी बढ्दै जाऔं। उहाँकै अधीनमा सबै बेग्‍लाबेग्‍लै अङ्गहरू मिलेर रहेका छन् र पूरै शरीर ठीक-ठीक ठाउँमा जोडिएर बसेको छ। एक-एक अङ्गले आफूले गर्नुपर्ने काम गर्‍यो भने पूरै शरीर प्रेममा बढ्दै विकसित हुन्‍छ।

एफिसी 4 पढ्नुहोस्