YouVersion लोगो
खोज आइकन

एफिसी 1:3-7

एफिसी 1:3-7 सरल नेपाली

हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई धन्‍यवाद होस्। उहाँले येशू ख्रीष्‍टमा हामीहरूलाई स्‍वर्गीय स्‍थानहरूमा प्रत्‍येक आत्‍मिक आशिष् दिनुभएको छ। उहाँले संसार सृष्‍टि गर्नुभन्दा अघि नै ख्रीष्‍टमा हामीलाई आफ्‍ना सामु पवित्र र निर्दोष पार्न छान्‍नुभएको थियो। माया गरेर उहाँले आफ्‍नो उद्देश्‍यअनुसार हामीलाई ख्रीष्‍टमा आफ्‍ना छोराहरू बनाइसक्‍नुभएको थियो। हामी यति ठूलो अनुग्रहको लागि परमेश्‍वरलाई धन्‍यवाद चढाऔं। उहाँले आफ्‍नो प्‍यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो। ख्रीष्‍टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्‍वतन्‍त्र भएका छौं। अहो, परमेश्‍वरको अनुग्रह कति ठूलो छ।

एफिसी 1 पढ्नुहोस्