YouVersion लोगो
खोज आइकन

एफिसी 1:1-6

एफिसी 1:1-6 सरल नेपाली

परमेश्‍वरको इच्‍छामा प्रेरित म पावलले एफिससमा बस्‍ने र ख्रीष्‍ट येशूमा विश्‍वास गर्ने पवित्र जनहरूलाई यो पत्र लेख्‍दै छु। हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई धन्‍यवाद होस्। उहाँले येशू ख्रीष्‍टमा हामीहरूलाई स्‍वर्गीय स्‍थानहरूमा प्रत्‍येक आत्‍मिक आशिष् दिनुभएको छ। उहाँले संसार सृष्‍टि गर्नुभन्दा अघि नै ख्रीष्‍टमा हामीलाई आफ्‍ना सामु पवित्र र निर्दोष पार्न छान्‍नुभएको थियो। माया गरेर उहाँले आफ्‍नो उद्देश्‍यअनुसार हामीलाई ख्रीष्‍टमा आफ्‍ना छोराहरू बनाइसक्‍नुभएको थियो। हामी यति ठूलो अनुग्रहको लागि परमेश्‍वरलाई धन्‍यवाद चढाऔं। उहाँले आफ्‍नो प्‍यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो।

एफिसी 1 पढ्नुहोस्