एउटा सानो सहर छ, त्यस सहरमा थोरै मानिसहरू छन्। एउटा बलियो राजाले सहरमाथि आक्रमण गरे। सहरलाई घेरामा हाली पर्खाल तोडेर त्यसभित्र पस्ने तयारी हुन लाग्यो। एउटा गरीब मानिस त्यहाँ बस्थ्यो तर त्यो यति चतुर थियो कि त्यसले सहर बचायो। तर कसैले त्यसलाई सम्झेन। बलभन्दा बुद्धि ठूलो हो भनी म सधैँ भन्दछु तर दरिद्र पनि बुद्धिमान् हुन सक्छ भनी कसैले सोच्दैन वा उसका कुरामा कसैले ध्यान दिँदैन। मूर्खहरूका बीचमा चिच्च्याएर बोल्ने शासकको कुरा सुन्नुभन्दा त शान्त भावले बोल्ने बुद्धिमान् मानिसको वचन सुन्नु असल हो। बुद्धिले हात-हतियारभन्दा धेरै असल काम गर्दछ तर एक जना पापीले धेरै असल कुराहरू सर्वनाश गर्न सक्छ।
उपदेशक 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 9:14-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू