एक पल्ट थोरै बासिन्दा भएको एउटा सानो सहर थियो। त्यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्यसलाई घेरेर त्यसको चारैतिर घेरा-मचान बनाए। त्यस सहरमा एउटा गरीब तर बुद्धिमान् मानिस थियो, र त्यसले आफ्नो बुद्धिले त्यो सहर बचायो। तर त्यस गरीब मानिसलाई कसैले सम्झेन। तब मैले भनें, “बलभन्दा बुद्धि श्रेष्ठ हो।” तर त्यस गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्यसको वचनको केही वास्ता छैन। कराएर भन्ने मूर्खहरूको शासकको वचनभन्दा बुद्धिमान्को नम्र वचनको वास्ता गर्नु असल हो। युद्धका हातहतियारभन्दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।
उपदेशक 9 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 9:14-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू