आफ्ना सबै कामबाट हामीले के लाभ पाउँछौं? परमेश्वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्दछु। प्रत्येक कुरा उहाँले त्यसको ठीक समयमा सुन्दर बनाउनुभयो। उहाँले हामीलाई अनन्तबारे जान्ने इच्छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्न सकिंदैन। जीवन रहुञ्जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ। मानिसले खान, पिउन र आफ्नो काममा सन्तोष पाओस्। त्यो परमेश्वरको दान हो। म जान्दछु कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो सधैँभरि रहँन्छ। त्यसमा केही थप्न वा हटाउन सकिंदैन। अनि उहाँले हामीलाई उहाँको भय मान्न सिकाउनुहुन्छ। जे हुन आउँछ वा हुन सक्छ, त्यो अघि नै भइसकेको छ। त्यही कुरा परमेश्वरले घरीघरी गराउनुहुन्छ।
उपदेशक 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 3:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू