YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था पुस्‍तक परिचय

पुस्‍तक परिचय
उजाड-स्‍थानको लामो यात्रापछि इस्राएलीहरू मोआब देशमा पुगेर रोकिए अनि त्‍यहाँबाट कनान देशमा पसे। त्‍यसलाई आफ्‍नो अधिकारमा लिने तरखर गर्न लागे। मोआबमा त्‍यसरी बसेको बेलामा मोशाले इस्राएलीहरूलाई धेरै कुराहरू बताएका थिए। यसरी मोशाले भनेका कुराहरू क्रम मिलाएर यो व्‍यवस्‍था विवरणको पुस्‍तक तयार भएको छ।
यस पुस्‍तकमा लेखिएका केही विषयहरू यी हुन्:
१) मोशाले बितेका चालीस वर्षका केही मुख्‍य घटनाहरू सम्‍झना गराउँछन्। परमेश्‍वरले कसरी तिनीहरूलाई उजाड-स्‍थानबीचबाट अगुवाइ गरेर ल्‍याउनुभयो। त्‍यो याद गरेर उहाँप्रति आज्ञाकारी र भक्त भइरहनू भनी मोशाले मानिसहरूलाई सिकाउँछन्।
२) मोशाले दश आज्ञाहरू फेरि दोहोर्‍याउँछन् अनि परमप्रभुमा मात्र भक्ति राख्‍नू भन्‍ने पहिलो आज्ञामाथि जोड दिन्‍छन्। त्‍यसपछि उनले अरू विभिन्‍न नियमहरू फेरि दोहोर्‍याएर हेर्छन्, त्‍यसअनुसार करारका देशमा इस्राएलीहरूले आफ्‍ना जीवन बिताउनुपर्थ्‍यो।
३) मोशाले मानिसहरूलाई परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करारको अर्थ सम्‍झना गराउँछन् र त्‍यो पूरा गर्न फेरि अर्पण हुन लाउँछन्।
४) मोशापछि यहोशू मानिसहरूका अगुवा खटाइन्‍छन्। परमेश्‍वरको विश्‍वासयोग्‍यताको प्रशंसामा गीत गाएर इस्राएलका कुलहरूलाई आशीर्वाद दिएपछि यर्दन नदीको पूर्वपट्टि मोआबमा मोशाको मृत्‍यु हुन्‍छ।
यस पुस्‍तकको मुख्‍य सार हो– परमेश्‍वरले आफ्‍ना चुनेका जातिलाई बचाएर आशीर्वाद दिनुभएको छ। त्‍यस जातिलाई उहाँले प्रेम गर्नुहुन्‍छ। उहाँका मानिसहरूले यी कुरा सम्‍झना राख्‍नुपर्छ अनि तिनीहरूले जीवन पाउनेछन् र सधैँ आशिष् पाउन सक्‍नेछन्। यस पुस्‍तकको मुख्‍य पद ६:४-६ हो। त्‍यसमा यो लेखिएको छ– “परमप्रभु मात्र हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर (४-५ पद)।” यसलाई येशू ख्रीष्‍टले सबैभन्दा ठूलो आज्ञा भनी बताउनुभएको छ।
संक्षिप्‍त विषय-सूची
मोशाको पहिलो धर्म-उपदेश १:१—४:४९
मोशाको दोस्रो धर्म-उपदेश ५:१—२६:१९
क) दश आज्ञा ५:१—१०:१२
ख) नियम-कानुन र चेतावनीहरू ११:१—२६:१९
कनानभित्र पस्‍नेबारे आदेश २७:१—२८:६८
करार नयाँ गरी बाँधिन्‍छ २९:१—३०:२०
मोशाका आखिरी शब्‍दहरू ३१:१—३३:२९
मोशाको मृत्‍यु ३४:१-१२

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्