YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 8:7-9

व्‍यवस्‍था 8:7-9 सरल नेपाली

परमप्रभु तिम्राहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा मलिलो देशमा ल्‍याउँदै हुनुहुन्‍छ, जुन देशमा नदी र खोलाहरू छन् र जमिनमुनिका पानीका मूलहरू पहाड र बेसीहरूमा बही निस्‍कन्‍छन्। त्‍यस देशमा गहुँ, जौ, अङ्‌गुर, नेभारा, दारिम र जैतुनको उब्‍जनी हुन्‍छ अनि मह पनि पाइन्‍छ। “त्‍यहाँ तिमीहरू कहिल्‍यै भोकाउनेछैनौ र तिमीहरूलाई केही कुराको कमी हुनेछैन। त्‍यहाँका चट्टानमा फलाम छन् र पहाडहरूबाट तामा निकाल्‍नलाई खानि खन्‍न सक्‍छौ।

व्‍यवस्‍था 8 पढ्नुहोस्