YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 8:2-5

व्‍यवस्‍था 8:2-5 सरल नेपाली

बितेका चालीस वर्षभरि कसरी परमप्रभु तिम्रा परमेश्‍वरले यो लामो यात्रामा तिमीहरूलाई अगुवाइ गर्नुभयो, त्‍यो याद गर। तिमीहरूलाई जाँच्‍नलाई उहाँले कठिन समयहरू पनि पठाउनुभयो अनि तिमीहरूले के गर्न इच्‍छा गर्दछौ र उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर जान्‍न मन गर्नुभयो। उहाँले तिमीहरूलाई भोका तुल्‍याउनुभयो र त्‍यसपछि खानलाई मन्‍न दिनुभयो, जुन भोजन तिमीहरू र तिम्रा पुर्खाहरूले अघि कहिल्‍यै खाएका थिएनन्। मानिसले बाँच्‍नलाई रोटीमा मात्र भर पर्नुहुन्‍न तर परमप्रभुको हरेक वचनमा भर पर्नुपर्छ भनी तिमीहरूलाई सिकाउन उहाँले त्‍यसो गर्नुभयो। यी चालीस वर्षभरि तिमीहरूका कपडाहरू फाटेनन् अनि खुट्टा सुनिएनन्। जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई अनुशासन गर्छन्, त्‍यसरी नै परमेश्‍वरले तिमीहरूलाई सुधार्नुहुन्‍छ र सजायँ दिनुहुन्‍छ, सो याद राख।

व्‍यवस्‍था 8 पढ्नुहोस्