YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 6:20-25

व्‍यवस्‍था 6:20-25 सरल नेपाली

“भविष्‍यका दिनहरूमा तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई सोध्‍नेछन्, ‘किन परमप्रभु हाम्रा परमेश्‍वरले यी सबै नियमहरू मान्‍ने आज्ञा हामीलाई दिनुभयो?’ तब तिनीहरूलाई यसो भन, ‘हामी मिश्रदेशको राजाका कमारा-कमारीहरू थियौं, परमप्रभुले आफ्‍नो महान् शक्तिले हामीलाई बचाइल्‍याउनुभयो। उहाँले गर्नुभएका उदेकका कामहरू अनि मिश्रीहरू र तिनका राजा र भारदारहरूप्रति गर्नुभएका डरलाग्‍दा कामहरू हामीले आफ्‍नै आँखाले देख्‍यौं। यो देश दिनलाई उहाँले मिश्रदेशबाट हामीलाई छुट्‌कारा दिएर ल्‍याउनुभयो। यस्‍तो प्रतिज्ञा उहाँले हाम्रा पुर्खालाई दिनुभएको थियो। त्‍यसपछि परमप्रभु हाम्रा परमेश्‍वरले यी सबै नियमहरू पालन गर्नू र उहाँको डर मान्‍नू भनी आज्ञा हामीलाई दिनुभयो। हामीले त्‍यसो गर्‍यौं भने उहाँले सधैँ हाम्रो रखवाली गर्नुहुनेछ र हाम्रा जातिलाई सबै कुरामा उन्‍नति हुनेछ। हामी विश्‍वासी भई उहाँले आज्ञा गर्नुभएका सबै कुरा मान्‍यौं भने उहाँ हामीसित खुसी हुनुहुनेछ’।”

व्‍यवस्‍था 6 पढ्नुहोस्