YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 30:15-20

व्‍यवस्‍था 30:15-20 सरल नेपाली

“असल र खराब, जीवन र मृत्‍युमा के चुन्‍ने हो, सो मौका आज म तिमीहरूलाई दिँदै छु। यदि तिमीहरूले आज मैले दिएका परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र उहाँलाई प्रेम गर्‍यौ अनि उहाँका सबै नियमहरू मान्‍यौ भने तिमीहरूको फलिफाप हुनेछ। तब तिमीहरू एक असङ्‍ख्य मानिसहरूका जाति बन्‍नेछौ। तिमीहरूले अधिकार गर्न आँटेका देशमा परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तर तिमीहरूले ती मानेनौ र उहाँका वचन सुन्‍न इन्‍कार गर्‍यौ भने अनि अन्‍य देव-देवता पुज्‍नपट्टि लाग्‍यौ भने तिमीहरू नाश हुनेछौ– म अहिले यहाँ तिमीहरूलाई यो चेतावनी दिँदछु। तिमीहरूले अधिकार गर्न आँटेको यर्दनपारिका देशमा तिमीहरू धेरै दिन बास गर्नेछैनौ। म अहिले तिमीहरूलाई जीवन र मृत्‍यु, परमेश्‍वरका आशिष् अनि सरापमा एउटा चुन्‍ने मौका दिँदछु अनि तिमीहरू के चुन्‍छौ, त्‍यो हेर्नलाई स्‍वर्ग र पृथ्‍वीलाई साक्षी राख्‍दछु। जीवन नै रोज। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, उहाँका आज्ञा मान र उहाँप्रति विश्‍वासयोग्‍य रहो। तब उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमी र तिम्रा सन्‍तान धेरै दिन बास गर्नेछौ।”