व्यवस्था 25
25
1“दुई जना इस्राएलीहरू झगडा छिनाफाना गर्नलाई अदालतमा जान्छन् र एक जना दोषी र अर्को निर्दोषी ठहरिन्छ। 2दोषीलाई कुटाइ खाने सजायँ भयो भने न्यायकर्ताले त्यसलाई घोप्टो पारेर सुत्न लाएर कोर्रा हान्न लाउनेछन्। कति कोर्रा लाउनुपर्छ, त्यो त्यसको दोषमाथि निर्भर हुनेछ। 3#२ कोरिन्थी 11:24त्यसलाई चालीस चोटिसम्म कोर्रा लाए हुन्छ तर त्योभन्दा बढ्ता होइन। त्योभन्दा बढ्ता कोर्रा लगाए जनसाधारणको सामुन्ने त्यसको बेइज्जत हुनेछ।
4 #
१ कोरिन्थी 9:9; १ तिमोथी 5:18 “अन्न दाइँ गर्दा गोरुको मुखमा मोहोला नलाउनू।
मरेका दाजुभाइप्रति गर्नुपर्ने कर्तव्य
5 #
मत्ती 22:24; मर्कूस 12:19; लूका 20:28 “एउटै घर परिवारमा दुई दाजुभाइ बास गर्छन् र एक भाइको छोरो नभई मर्यो भने त्यसकी विधवालाई परिवारदेखि बाहिर कसैसित विवाह गर्न नदिनू। त्यो विधवालाई विवाह गर्नु बाँच्ने भाइको कर्तव्य हुनेछ। 6तिनीहरूबाट जन्मेको पहिलो छोरो मर्नेचाहिँको छोरो मानिनेछ र त्यसका सन्तान इस्राएलमा रहिरहनेछ। 7#रूथ 4:7,8तर बाँच्ने भाइचाहिँले विधवालाई विवाह गर्न चाहँदैन भने त्यस स्त्रीले सहरका अगुवाहरू अघि गई यसो भन्नेछ, ‘मेरो लोग्नेको बाँच्ने भाइले आफ्नो कर्तव्य गर्न मान्दैन, उसले इस्राएलीहरूका बीच आफ्ना दाजुभाइका सन्तान खडा गर्न अस्वीकार गरेको छ।’ 8तब सहरका अगुवाहरूले त्यस भाइलाई बोलाएर कुरा गर्नेछन्। तरै पनि त्यसले विधवालाई विवाह गर्न इन्कार गर्छ भने ती अगुवाहरूका सामुन्नेमा 9त्यो स्त्रीले अघि गई त्यस पुरुषको एउटा चप्पल उठाई त्यसको मुखमा थुकी यसो भन्नेछ, ‘जसले आफ्नो दाइ वा भाइको वंश खडा गर्न इन्कार गर्छ, त्यसलाई यस्तै हुन्छ।’ 10इस्राएलमा त्यो मानिसको घरानालाई ‘चप्पल खोसिएको मानिसको घराना’ भनी मानिनेछ।
अरू नियमहरू
11“दुई जना झगडा गर्दै छन् र एउटाकी स्वास्नीले अर्काको गुप्ताङ्ग अँठ्याएर आफ्नो लोग्नेलाई मद्दत गर्ने चेष्टा गरी भने 12त्यस स्त्रीमाथि केही दया नदेखाउनू। त्यसको हात काटिदिनू।
13-14 #
लेवी 19:35,36 “नापजोख गर्दा कसैलाई नठग्नू। 15ठीक तौल र परिणामका ढक-तराजु अनि माना-पाथी वा नाप्ने यन्त्र चलाउने गर्नु अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिम्रो आयु लामो हुनेछ। 16ठगलाई परमप्रभुले घिन गर्नुहुन्छ।
अमालेकीहरूलाई मार्ने आज्ञा
17 #
प्रस्थान 17:8-14; १ शमूएल 15:2-9 “तिमीहरू मिश्रबाट आउँदैगर्दा अमालेकीहरूले तिमीहरूलाई के गरे, सो याद राख। 18तिनीहरूले परमेश्वरको भय मान्दैनथे र तिमीहरू थाकेर लखतरान भएका बेलामा तिनीहरूले पछाडिपट्टिबाट हमला गरे र दलबाट छुट्टिएर पछि परेकाहरू जम्मैलाई मारिदिए। 19यसर्थ जब परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको हुन्छ र चारैपट्टिका तिम्रा शत्रुहरूदेखि तिमीहरू सुरक्षित हुन्छौ, अमालेकीहरूलाई मार्ने काम पक्का गर र तिनीहरूको नाउँ-निशाना नै नरहोस्। यो कुरा नभुल्नू!
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 25: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.