“आबीब महिनामा निस्तारचाड मनाएर परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। त्यही महिनाको एक रात उहाँले तिमीहरूलाई मिश्रदेखि उद्धार गर्नुभएको थियो। त्यो एक मात्र आराधना-स्थलमा गएर परमप्रभु आफ्ना परमेश्वरको आदरमा गरिने निस्तारचाडको भोजको लागि आफ्नो एउटा गोरु वा भेडा काट। जब तिमीहरू यो भोज खान्छौ, खमिरसित बनाएको रोटी नखानू। तिमीहरूले मिश्रदेश हतार-हतार छोडेर आउँदा जसरी गरेका थियौ, त्यसरी नै सात दिनसम्म अखमिरी रोटी खानू। त्यो रोटीको नाम दु:खको रोटी राखिनेछ। त्यो खाँदा तिमी बाँचुञ्जेल तिमीहरूले आफू त्यो दु:ख-कष्टको देश मिश्रबाट निस्किआएका दिनलाई सम्झना गर्नेछौ। सात दिनसम्म तिम्रा देशमा कसैले खमिर आफ्ना घरमा राख्नेछैनौ अनि पहिलो दिन बेलुका काटेको पशुको मासु त्यही रात खाइसक्नुपर्नेछ। “त्यस निस्तार-चाडका पशुलाई एक मात्र त्यो आराधना-स्थलमा काट्नू, त्यसलाई परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशको कुनै अर्को ठाउँमा नकाट्नू। बेलुका घाम अस्ताउँदा जुन समयमा तिमीहरूले मिश्र छोडेका थियौ, त्यही समयमा त्यसलाई काट्नू। मासु उमालेर त्यही एक मात्र आराधना-स्थलमा खानू र भोलिपल्ट बिहानै घर फर्कनू। त्यसपछि अरू ६ दिनसम्म तिमीहरूले बिनाखमिर बनाएको रोटी खानुपर्नेछ अनि सातौँ दिनमा परमप्रभु आफ्ना परमेश्वरलाई पूज्नको लागि भेला हुनू र त्यो दिन केही काम नगर्नू।
व्यवस्था 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 16:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू