दानिएल 5:1-4
दानिएल 5:1-4 सरल नेपाली
एक रात बेलसजर राजाले एक हजार उच्च कुलका शासकहरूलाई एउटा ठूलो भोजमा निम्त्याए र तिनीहरूले एकसाथ बसी मद्यपान गरे। त्यसरी पिइरहेका बेला बेलसजरले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरे। आफू र शासकहरू अनि आफ्ना स्वास्नीहरू र रखौटीहरूले मद्य पिउनको निम्ति उनले ती कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरेका थिए। सुनका कचौराहरू र बटुकाहरू ल्याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे।

