दानिएल 5:1-4

दानिएल 5:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बेलसजर राजाले आफ्‍ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए। दाखमद्य पिउँदैगर्दा बेलसजर राजाले आफू, आफ्‍ना भारदारहरू, आफ्‍ना श्रीमतीहरू र रखौटीहरूले दाखमद्य पिउनलाई उनका पिता नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट ल्‍याएका सुन र चाँदीका भाँड़ाकुँड़ाहरू त्‍यहाँ ल्‍याउने हुकुम गरे। यसकारण उनीहरूले सुनका भाँड़ाहरू ल्‍याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्‍दिरबाट ल्‍याइएका थिए, र राजा र उनका भारदारहरू, उनका श्रीमतीहरू र रखौटीहरूले तीबाट पिए। जसै उनीहरूले दाखमद्य पिए, उनीहरूले सुन र चाँदीका, काँसो, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।

शेयर गर्नुहोस्
दानिएल 5 पढ्नुहोस्

दानिएल 5:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए। जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्। यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए। जब तिनीहरूले दाखमद्य पिए, तब तिनीहरूले सुन र चाँदीका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।

शेयर गर्नुहोस्
दानिएल 5 पढ्नुहोस्

दानिएल 5:1-4 पवित्र बाइबल (NERV)

राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले। दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन। जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए। तिनीहरूले दाखरस पिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले।

शेयर गर्नुहोस्
दानिएल 5 पढ्नुहोस्

दानिएल 5:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक रात बेलसजर राजाले एक हजार उच्‍च कुलका शासकहरूलाई एउटा ठूलो भोजमा निम्‍त्‍याए र तिनीहरूले एकसाथ बसी मद्यपान गरे। त्‍यसरी पिइरहेका बेला बेलसजरले आफ्‍ना बुबा नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट ल्‍याएका सुन र चाँदीका कचौराहरू र बटुकाहरू ल्‍याउने आज्ञा गरे। आफू र शासकहरू अनि आफ्‍ना स्‍वास्‍नीहरू र रखौटीहरूले मद्य पिउनको निम्‍ति उनले ती कचौराहरू र बटुकाहरू ल्‍याउने आज्ञा गरेका थिए। सुनका कचौराहरू र बटुकाहरू ल्‍याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे।

शेयर गर्नुहोस्
दानिएल 5 पढ्नुहोस्