YouVersion लोगो
खोज आइकन

दानिएल 1:8-16

दानिएल 1:8-16 सरल नेपाली

दानिएलले राजदरबारको भोजन खाएर अनि दाखमद्य पिएर आफैंलाई यहूदी विधिअनुसार अशुद्ध नपार्ने सङ्कल्‍प गरे र अशपेनजलाई यसबारे भने। परमेश्‍वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो। तर अशपेनज राजासित डराउँथे र उनले दानिएललाई भने, “तिमीले के खाने र के पिउने हो, सो राजाले खटाइदिनुभएको छ र तिमी अरू ठिटाहरूझैँ हट्टाकट्टा देखिएनौ भने उहाँले मेरो ज्‍यान लिनुहुनेछ।” यसकारण आफू र आफ्‍ना साथीहरूमाथि हेरविचार गर्न अशपेनजले खटाएका कारिन्‍दाकहाँ दानिएल गए र तिनलाई भने, “दश दिनसम्‍म हामीलाई जाँचेर हेर्नुहोस्। हामीलाई खानलाई साग-सब्‍जी र पिउनलाई पानी दिनुहोस्। त्‍यसपछि राजदरबारको भोजन खाने जवानहरूसित हामीलाई दाँज्‍नुहोस् र हामी कस्‍ता देखिन्‍छौं, त्‍यसअनुसार निर्णय गर्नुहोस्।” दश दिनसम्‍म तिनीहरूलाई त्‍यसो गर्न दिन उनी राजी भए। दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्‍यादा हट्टाकट्टा र बलिया देखिए। त्‍यसपछि ती कारिन्‍दाले तिनीहरूलाई राजाको हुकुमअनुसारको भोजनको सट्टामा सधैँ सागसब्‍जी खान दिए।

दानिएल 1 पढ्नुहोस्