र तिनलाई भने, “दश दिनसम्म हामीलाई जाँचेर हेर्नुहोस्। हामीलाई खानलाई साग-सब्जी र पिउनलाई पानी दिनुहोस्। त्यसपछि राजदरबारको भोजन खाने जवानहरूसित हामीलाई दाँज्नुहोस् र हामी कस्ता देखिन्छौं, त्यसअनुसार निर्णय गर्नुहोस्।” दश दिनसम्म तिनीहरूलाई त्यसो गर्न दिन उनी राजी भए। दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्यादा हट्टाकट्टा र बलिया देखिए। त्यसपछि ती कारिन्दाले तिनीहरूलाई राजाको हुकुमअनुसारको भोजनको सट्टामा सधैँ सागसब्जी खान दिए।
दानिएल 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 1:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू