तिमीहरू प्रार्थनामा निरन्तर लागि रहो। प्रार्थना गर्दा धन्यवाद दिंदै परमेश्वरमा मन लगाएर प्रार्थना गर। मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्टको रहस्य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर। मेरो लागि तिमीहरूले प्रार्थना गरिदेओ, मैले जसरी बुझाउनुपर्ने हो, त्यसरी नै म बोल्न सकूँ।
कलस्सी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 4:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू