संसारमा तिमीहरू आफ्ना शरीरका इच्छालाई मार, जस्तै: व्यभिचारको इच्छा, अशुद्ध कुरा, छाडा इच्छा, नराम्रा विचार, लोभ आदि हुन्। यिनै कुराहरूले गर्दा नै परमेश्वरको रिस उहाँका आज्ञाहरू नमान्नेमाथि पर्नेछ। तिमीहरूको जीवन पनि एक पल्ट यस्तै थियो र यिनै कुरामा चल्थ्यौ। तर अब तिमीहरूले रिस-राग, डाहा, निन्दा, गाली आफूबाट हटाउनुपर्छ। तिमीहरूले कसैलाई ढाँट्ने काम नगर किनभने आफ्ना पुरानो जीवन र त्यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्वर यसको सृष्टिकर्ताले यो स्वभाव उहाँकै स्वरूपमा सधैँ नयाँ पारिरहनुहुन्छ। यसकारण यहाँ इस्राएली र ग्रीक, शरीरमा खतना गरेका र नगरेका, असभ्य, अशिक्षित, कमारा र फुक्का कुनैको भेद रहँदैन तर ख्रीष्ट मात्र हुनुहुन्छ र ख्रीष्ट नै सबैमा हुनुहुन्छ। तिमीहरू नै परमेश्वरले छानेका प्यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्तै लाउनुपर्छ। तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर। यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्याउँछ।
कलस्सी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 3:5-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू