YouVersion लोगो
खोज आइकन

कलस्सी 3:1-11

कलस्सी 3:1-11 सरल नेपाली

तिमीहरू पनि ख्रीष्‍टसँगै बिउँतिएकोले स्‍वर्गकै कुरा खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुहुन्‍छ। पृथ्‍वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्‍नो मन लगाओ किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकेर रहेको छ। तिमीहरूको सच्‍चा जीवन त ख्रीष्‍ट नै हुनुहुन्‍छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्‍मान्‌को सहभागी हुनेछौ। संसारमा तिमीहरू आफ्‍ना शरीरका इच्‍छालाई मार, जस्‍तै: व्‍यभिचारको इच्‍छा, अशुद्ध कुरा, छाडा इच्‍छा, नराम्रा विचार, लोभ आदि हुन्। यिनै कुराहरूले गर्दा नै परमेश्‍वरको रिस उहाँका आज्ञाहरू नमान्‍नेमाथि पर्नेछ। तिमीहरूको जीवन पनि एक पल्‍ट यस्‍तै थियो र यिनै कुरामा चल्‍थ्‍यौ। तर अब तिमीहरूले रिस-राग, डाहा, निन्‍दा, गाली आफूबाट हटाउनुपर्छ। तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्‍वर यसको सृष्‍टिकर्ताले यो स्वभाव उहाँकै स्‍वरूपमा सधैँ नयाँ पारिरहनुहुन्‍छ। यसकारण यहाँ इस्राएली र ग्रीक, शरीरमा खतना गरेका र नगरेका, असभ्य, अशिक्षित, कमारा र फुक्‍का कुनैको भेद रहँदैन तर ख्रीष्‍ट मात्र हुनुहुन्‍छ र ख्रीष्‍ट नै सबैमा हुनुहुन्‍छ।

कलस्सी 3 पढ्नुहोस्