किनभने ख्रीष्टको शरीरमा नै परमेश्वरको सारा स्वर्गीय स्वरूप बसेको छ। ख्रीष्ट सबै राज्य र आत्माका शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ। तिमीहरू ख्रीष्टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्वभावको शक्तिबाट छुटकारा पाउनु हो किनभने बप्तिस्मा लिंदा तिमीहरू ख्रीष्टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्टलाई बिउँताउनुहुने परमेश्वरको शक्तिमा विश्वास गरेका हुनाले तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ। तिमीहरूले पाप गरेको कारण र व्यवस्थाअनुसार खतना नलाउने अरू जातिका मानिस भएका हुनाले एक समय तिमीहरू आत्मिकरूपमा मरेका थियौ। तर अब त परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै बिउँताउनुभएको छ र हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभएको छ। उहाँले हाम्रो विरुद्ध लेखिएका सबै तमसुकहरू तिनका दाबीहरूका साथ रद्द गरिदिनुभयो। उहाँले तिनलाई क्रूसमा किला ठोकी नाश गर्नुभयो अनि त्यही क्रूसमा नै ख्रीष्टले आत्मिक शासक र शक्तिहरूबाट आफैं स्वतन्त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो।
कलस्सी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 2:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू