YouVersion लोगो
खोज आइकन

कलस्सी 1:3-12

कलस्सी 1:3-12 सरल नेपाली

हामी तिमीहरूका लागि प्रार्थना गर्दा परमेश्‍वर, हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई सधैँ धन्‍यवाद चढाउँछौं किनभने हामीले ख्रीष्‍ट येशूमा भएको तिमीहरूको विश्‍वासको अनि ख्रीष्‍टका पवित्र जनहरूलाई तिमीहरूले गरेको प्रेमको बारेमा पनि सुनेका छौं। तिमीहरूको लागि स्‍वर्गमा सुरक्षासँग राखिएको आशाले गर्दा तिमीहरूले यस्‍तो विश्‍वास र प्रेम गरेका हौ। यो आशाको विषयमा अघिदेखि नै खुसीको सत्‍य सन्‍देशमा तिमीहरूले सुन्‍यौ। यो सुसमाचार तिमीहरूकहाँ पनि आएको छ। सुसमाचारले सारा संसारमा फल ल्‍याउँदै बढिरहेछ। त्‍यसरी नै तिमीहरूले परमेश्‍वरको अनुग्रहको विषयमा सत्‍य कुरा सुनेदेखि तिमीहरूमा पनि भइरहेछ। यही कुरा हामीसँगै सेवा गर्ने इपाफ्रासले तिमीहरूलाई सिकाए। उनी हामीसँगै हाम्रो साटोमा तिमीहरूमाझ ख्रीष्‍टको काम गर्ने विश्‍वासी प्‍यारा भाइ हुन्। तिमीहरूलाई पवित्र आत्‍माले दिनुभएको प्रेमको बारेमा उनले नै हामीलाई सुनाएका हुन्। यो कुरा सुनेदेखि नै हामीले तिमीहरूको लागि सधैँ प्रार्थना गर्दैआएका छौं। पवित्र आत्‍माले दिने पूरा ज्ञान र समझले परमेश्‍वरको पूरा इच्‍छा जान भन्‍ने नै हाम्रो प्रार्थना छ। त्‍यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्‍नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्‍वरकै ज्ञानमा बढ्दैजानेछौ। परमेश्‍वरको ठूलो शक्तिको भण्‍डारबाट आएको शक्ति पाएर तिमीहरू बलियो होओ भन्‍ने हाम्रो प्रार्थना छ। त्‍यसो भए तिमीहरूले सबै कुरा खुसीले दिगो भएर सहन सक्‍नेछौ। यसको लागि परमेश्‍वरलाई खुसीसँग धन्‍यवाद देओ। परमेश्‍वरले उज्‍यालोको राज्‍यमा ख्रीष्‍टका पवित्र जनहरूले पाउने कुरा तिमीहरूलाई पनि पाउन सक्‍ने बनाउनुभएको छ।

कलस्सी 1 पढ्नुहोस्