नदेखिने परमेश्वरकै देखिने रूप ख्रीष्ट हुनुहुन्छ। उहाँ सृष्टिभन्दा जेठो हुनुहुन्छ किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा उहाँद्वारा सृष्टि भयो। दृश्य र अदृश्य लगायत आत्माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्टद्वारा र ख्रीष्टकै निम्ति सृष्टि भयो। सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्थ्यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। मण्डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्छ। परमेश्वरको आफ्नै निर्णयले उहाँको सम्पूर्ण स्वभाव पुत्रले पाउनुभएको छ।
कलस्सी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 1:15-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू