तिनी तुरुन्तै सभाघरहरूतिर पसेर “प्रभु येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ,” भनी प्रचार गर्न लागे। तिनको कुरा सुन्नेहरू सबै छक्क परेर भन्न लागे, “के यरूशलेममा येशूको नाउँ लिने जतिलाई खतम गर्न खोज्ने मानिस यही नै होइन र? यहाँ पनि येशूको चेलाहरूलाई पक्रेर मुख्य पूजाहारीहरूकहाँ लैजान ऊ आएको होइन र?” तर शाऊलको प्रचार झन्-झन् शक्तिशाली हुँदै गयो। येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर तिनले यस्तो पक्का प्रमाण दिए कि दमस्कसका यहूदीहरूले केही पनि जवाफ दिन सकेनन्। निक्कै दिन बितेपछि यहूदीहरू जम्मा भएर शाऊललाई मार्ने मतो गरे। तर आफूलाई मार्न खोजेको कुरा शाऊलले थाहा पाए। यहूदीहरू तिनलाई मार्न रातदिन दमस्कसको ढोकाहरूमा ढुकिरहेका हुनाले एक दिन रात परेपछि चेलाहरूले शाऊललाई टोकरीमा हाले र सहरको पर्खालबाट झारेर बाहिर भगाए। यरूशलेम फर्केपछि शाऊल प्रभु येशूका चेलाहरूसँग मिल्न खोजे। तर चेलाहरू शाऊलसँग डराए किनभने उनी साँच्चै प्रभुका चेला हुन् भनेर तिनीहरूले विश्वासै गर्न सकेनन्। तर बारनाबास नाउँ भएका चेलाले शाऊललाई साथ दिँदै प्रेरितहरूकहाँ लगे। शाऊलले बाटोमा प्रभुलाई देखेको र प्रभुले तिनीसँग कुरा गर्नुभएको र त्यसपछि तिनले दमस्कसमा येशूको नाउँमा साहससँग प्रचार गरेको, सबै कुरा बारनाबासले तिनीहरूलाई बताइदिए। शाऊल तिनीहरूसँगै बसे अनि यरूशलेमभरि साहससित प्रभुको प्रचार गर्दै हिँडे। तिनले ग्रीक भाषा बोल्ने यहूदीहरूसँग पनि वाद-विवाद गरे। तर तिनीहरूले शाऊललाई मार्न खोजे। यो थाहा पाएर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले शाऊललाई कैसरिया सहरमा लगे र त्यहाँबाट टार्सस सहरतिर पठाए। त्यसपछि यहूदिया, गालील र सामरिया क्षेत्रमा भएका सबै मण्डलीहरूलाई ढुक्क भयो। प्रभुका चेलाहरूले पवित्र आत्माबाट साहस पाए र मण्डलीको उन्नति भयो। चेलाहरू परमेश्वरको डर राखेर हिँड्थे र मानिसहरू पनि थपिंदै गए।
प्रेरित 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 9:20-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू