YouVersion लोगो
खोज आइकन

प्रेरित 4:18-21

प्रेरित 4:18-21 सरल नेपाली

त्‍यसपछि तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्‍यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए। तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्‍नु कि परमेश्‍वरले नै भन्‍नुभएको कुरा मान्‍नु, परमेश्‍वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्। हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्‍न सक्‍दैनौं।” यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्‍की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्‍नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्‍मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्दै थिए।

प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:18-21 को लागि भिडियो