YouVersion लोगो
खोज आइकन

प्रेरित 4:18-21

प्रेरित 4:18-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्‍न पटक्‍कै सक्दैनौँ।” यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:18-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्‍त येशूको नाउँमा नबोल्‍नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए। तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्‍वरको कुरा सुन्‍नुभन्‍दा तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरको दृष्‍टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्‌। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍दैसक्‍दैनौं।” तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्‍काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्‍यसको निम्‍ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:18-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्‍न पटक्‍कै सक्दैनौँ।” यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:18-22 पवित्र बाइबल (NERV)

यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।” यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:18-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्‍यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए। तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्‍नु कि परमेश्‍वरले नै भन्‍नुभएको कुरा मान्‍नु, परमेश्‍वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्। हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्‍न सक्‍दैनौं।” यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्‍की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्‍नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्‍मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्दै थिए।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्