त्यो होहल्ला शान्त भएपछि पावलले प्रभु येशूका चेलाहरूलाई जम्मा गरे र उनीहरूलाई विश्वासमा हौसला मिलोस् भन्ने शिक्षा दिएर बिदा भई माकेडोनिया इलाकातिर गए। त्यहाँ पुगेपछि उनले ठाउँ-ठाउँमा गएर प्रभुका चेलाहरूलाई हौसलाले भरिएको शिक्षा दिए। त्यसपछि उनी ग्रीस देशमा आइपुगे र तीन महिनासम्म त्यहीँ बसे। त्यसपछि पावलले पानीजहाजबाट सोझै सिरिया इलाका जाने विचार गरे। यसरी जान लाग्दा यहूदीहरूले उनको विरोधमा जाल रच्दै छन् भन्ने कुरा उनले थाहा पाए। त्यसो हुँदा उनले पानीजहाजबाट नगई हिँडेर माकेडोनिया हुँदै जाने निधो गरे। यस यात्रामा उनलाई विभिन्न मण्डलीका दाजुभाइहरूले साथ दिए। ती साथ दिनेहरूमध्ये बेरिया सहरमा बस्ने पुरसका छोरा सोपात्रोस, थेसलोनिके सहरमा बस्ने अरिस्तार्खस र सिकन्दस, डर्बी सहरमा बस्ने गायस र तिमोथी अनि एशिया इलाकाबाट आएका तुखिकस र त्रोफिमस थिए। तिनीहरूचाहिँ हामीभन्दा अगाडि नै गए र हामीलाई त्रोआस सहरमा पर्खिबसे। हामीचाहिँ निस्तार चाड मनाइसकेपछि फिलिप्पी सहरबाट समुद्रको बाटो हुँदै गयौं अनि पाँच दिनपछि तिनीहरूलाई त्रोआस सहरमा भेट्यौं। त्यहाँ हामीहरू एक हप्तासम्म बस्यौं।
प्रेरित 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 20:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू