पत्रुसले भनेका कुरा सुनेर मानिसहरूको मन हलचल भयो। तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए दाजुभाइ हो, त्यसो भए अब हामी के गरौं?” तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफ्ना पापलाई मानिलिएर छोड्नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुहोस् र तपाईंहरूले परमेश्वरको वरदान पवित्र आत्मालाई पाउनुहुनेछ। यो प्रतिज्ञाचाहिँ तपाईं र तपाईंहरूका छोरा-छोरीको लागि र टाढा-टाढामा रहेका सबैको लागि हो, जस-जसलाई उहाँले बोलाउनुहुन्छ।” पत्रुसले उनीहरूलाई धेरै कुराहरू भनेर साक्षी दिए अनि तिनीहरूलाई राम्ररी सम्झाउँदै भने, “आजका दुष्ट पुस्तामाथि आइपर्ने दण्डदेखि आफैंलाई बचाउनुहोस्।” धेरैले पत्रुसले दिएको सन्देशमा विश्वास गरे र बप्तिस्मा लिए। त्यस दिन बप्तिस्मा लिने मानिसहरू झण्डै तीन हजार जति थिए। तिनीहरू प्रेरितहरूसँग सिक्ने, संगति गर्ने, भोजमा भाग लिने र प्रार्थनामा लगातार लागिरहने गर्दथे।
प्रेरित 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 2:37-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू