अपोल्लोस कोरिन्थ सहरमा हुँदा पावल एशिया इलाकाको बीचबाट हुँदै एफिसस सहरमा आइपुगे। त्यहाँ पावलले प्रभुमाथि विश्वास गर्ने केही चेलाहरूलाई भेटे। उनले तिनीहरूलाई सोधे, “के तिमीहरूले प्रभुमा विश्वास गरेर पवित्र आत्मा पायौ?” तिनीहरूले भने, “पवित्र आत्मा हुनुहुन्छ भनेर त हामीले सुनेका पनि थिएनौं।” फेरि पावलले सोधे, “त्यसो भए तिमीहरूले कस्तो किसिमको बप्तिस्मा पायौ त?” तिनीहरूले जवाफ दिए, “यूहन्नाले सिकाएको बप्तिस्मा पायौं।” पावलले भने, “यूहन्नाले सिकाएको बप्तिस्मा पापबाट मन फिराउनको लागि हो। उनले त ‘मभन्दा पछि आउनुहुनेमाथि नै विश्वास गर’ भनेर मानिसहरूलाई बताए। उनको पछि आउनुहुनेचाहिँ येशू नै हुनुहुन्थ्यो।” यो सुनेपछि तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। अनि पावलले आफ्नो हात तिनीहरूमाथि राखे र पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो। त्यस बेला तिनीहरूले अन्य भाषाहरू बोले र अगमवाणी बोल्न थाले। तिनीहरू जम्मा बाह्र जना थिए।
प्रेरित 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 19:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू