एकपल्ट येशू तिनीहरूसँग भेला भएर खान बस्नुहुँदा उहाँले तिनीहरूलाई यसरी आज्ञा दिनुभयो, “तिमीहरू यरूशलेम नछोडी मेरा पिताले प्रतिज्ञा गर्नुभएको वरदानलाई पर्खेर बस। त्यो वरदानको बारेमा मैले तिमीहरूलाई अघि पनि भनेको थिएँ, यूहन्नाले चाहिँ पानीको बप्तिस्मा दिन्थे, तर केही दिनपछि तिमीहरूले पवित्र आत्माको बप्तिस्मा पाउनेछौ।” यसरी भेला हुनुहुँदा ती छानिएका प्रेरितहरूले उहाँलाई सोधे, “प्रभुज्यू, के तपाईंले यही बेला नै हाम्रो इस्राएल देशलाई मुक्त गराउनुहुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “यसको समय त परमेश्वर आफैंले तोक्नुभएको छ। उहाँले के तोक्नुभएको छ, त्यो तिमीहरूले जान्नुपर्दैन। तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ। त्यसपछि तिमीहरू यरूशलेममा र पूरै यहूदिया र सामरिया क्षेत्रहरूमा अनि पृथ्वीका कुना-कुनासम्म मेरा साक्षी हुनेछौ।”
प्रेरित 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 1:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू