तिमी मेरा प्यारा छोरा तिमोथीलाई यो लेख्दै छु। परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीलाई अनुग्रह, कृपा र शान्ति देऊन्। मेरो शुद्ध विवेकसँग म मेरा पितापुर्खाले गरेझैँ परमेश्वरको काम गर्न आएको छु। उही परमेश्वरलाई तिम्रै सम्झनामा रातदिन प्रार्थना गर्दा धन्यवाद दिन्छु। तिम्रो आँसुलाई सम्झन्छु, तिमीलाई भेट्ने मेरो ठूलो इच्छा छ। भेट्न पाए म कति खुसी हुनेथिएँ। मलाई तिमीमा भएको त्यो सोझो विश्वासको सम्झना छ। तिम्री बजै लोइस र आमा युनिसमा सोझो विश्वास थियो र तिम्रो पनि त्यस्तै सोझो विश्वास भएको मलाई सम्झना छ र अझै तिमीमा त्यस्तै विश्वास छ भन्ने मेरो विश्वास छ। यसैकारण म तिमीलाई फेरि सम्झना गराउँदै भन्छु, मैले तिमीमाथि हात राख्दा परमेश्वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्नू किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्ने आत्मा दिनुभएको छ। त्यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्न बरु तिमी पनि परमेश्वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ। परमेश्वरले नै हामीलाई बचाएर आफ्नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्नै विचारले र अनुग्रहले परमेश्वरले हामीलाई आफ्नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्टिभन्दा अघि नै हामीलाई ख्रीष्ट येशूले यो अनुग्रह दिनुभएको हो। तर हाम्रो मुक्ति हाम्रा प्रभु येशू ख्रीष्ट आएपछि प्रकट भएको हो। ख्रीष्टले मृत्युलाई हटाउनुभयो र सुसमाचार सुनाएर कहिले नमर्ने जीवन देखाउनुभयो। परमेश्वरले मलाई यही सुसमाचार सुनाउन प्रचारक, प्रेरित र शिक्षक हुन खटाउनुभएको हो।
२ तिमोथी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 1:2-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू