YouVersion लोगो
खोज आइकन

२ तिमोथी 1:2-11

२ तिमोथी 1:2-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमी मेरा प्‍यारा छोरा तिमोथीलाई यो लेख्‍दै छु। परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टले तिमीलाई अनुग्रह, कृपा र शान्‍ति देऊन्। मेरो शुद्ध विवेकसँग म मेरा पितापुर्खाले गरेझैँ परमेश्‍वरको काम गर्न आएको छु। उही परमेश्‍वरलाई तिम्रै सम्‍झनामा रातदिन प्रार्थना गर्दा धन्‍यवाद दिन्‍छु। तिम्रो आँसुलाई सम्‍झन्‍छु, तिमीलाई भेट्‍ने मेरो ठूलो इच्‍छा छ। भेट्‍न पाए म कति खुसी हुनेथिएँ। मलाई तिमीमा भएको त्‍यो सोझो विश्‍वासको सम्‍झना छ। तिम्री बजै लोइस र आमा युनिसमा सोझो विश्‍वास थियो र तिम्रो पनि त्‍यस्‍तै सोझो विश्‍वास भएको मलाई सम्‍झना छ र अझै तिमीमा त्‍यस्‍तै विश्‍वास छ भन्‍ने मेरो विश्‍वास छ। यसैकारण म तिमीलाई फेरि सम्‍झना गराउँदै भन्‍छु, मैले तिमीमाथि हात राख्‍दा परमेश्‍वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्‍नू किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्‍ने आत्‍मा दिनुभएको छ। त्‍यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्‍न बरु तिमी पनि परमेश्‍वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ। परमेश्‍वरले नै हामीलाई बचाएर आफ्‍नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्‍नै विचारले र अनुग्रहले परमेश्‍वरले हामीलाई आफ्‍नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्‍टिभन्दा अघि नै हामीलाई ख्रीष्‍ट येशूले यो अनुग्रह दिनुभएको हो। तर हाम्रो मुक्ति हाम्रा प्रभु येशू ख्रीष्‍ट आएपछि प्रकट भएको हो। ख्रीष्‍टले मृत्‍युलाई हटाउनुभयो र सुसमाचार सुनाएर कहिले नमर्ने जीवन देखाउनुभयो। परमेश्‍वरले मलाई यही सुसमाचार सुनाउन प्रचारक, प्रेरित र शिक्षक हुन खटाउनुभएको हो।

शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्

२ तिमोथी 1:2-11 पवित्र बाइबल (NERV)

मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्। दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु। म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ। म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ। त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ। यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ। परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो। त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो

शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्

२ तिमोथी 1:2-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति। जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। तिम्रो आँसु सम्‍झँदा रातदिन तिमीलाई भेट्‌ने मेरो उत्‍कट इच्‍छा हुन्‍छ, र म आनन्‍दले भरिन सकूँ। मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ। त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख। किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ। यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्‍वरको शक्तिमा सुसमाचारको निम्‍ति दुःख-भोगमा तिमी सहभागी होऊ। उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्‍ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो, जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो। यसै सुसमाचारको निम्‍ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ।

शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्

२ तिमोथी 1:2-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मेरो प्यारो छोरा तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति! जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्‍वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु। तिम्रा आँसुहरू सम्झन्छु, र तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ। मलाई तिम्रो निष्कपट विश्‍वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्‍वास अब तिमीमा पनि छ भनेर म निश्‍चित छु। यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्‍वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ। यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्‍टमा परमेश्‍वरको शक्तिद्वारा मसँग सहभागी होऊ। उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्‍ट येशूमा दिइएको थियो। तर अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको प्रकटद्वारा यो प्रकाशमा ल्याइएको छ। उहाँले मृत्युलाई नाश पार्नुभयो, र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो। अनि यही सुसमाचारको लागि म एक प्रचारक, प्रेरित र शिक्षकको रूपमा नियुक्त गरिएको छु।