२ शमूएल पुस्तक परिचय
पुस्तक परिचय
पहिलो शमूएलको पुस्तकको निरन्तरताको रूपमा लेखिएको दोस्रो शमूएलको पुस्तक सर्वप्रथम दक्षिणमा यहूदामाथि (१-४ अध्यायहरू) अनि त्यसपछि उत्तरमा इस्राएल लगायत पूरै राज्यमाथि (५-२४ अध्यायहरू) दाऊदले शासन गरेको इतिहास हो। आफ्नो राज्यको बिस्तार गर्न र आफ्नै राजगद्दी मजबुत पार्न कसरी दाऊदले राज्यभित्रैका शत्रुहरूसित साथसाथै वैदेशिक शक्तिहरूसित सङ्घर्ष गर्नुपरेको थियो भन्ने बारेको यो स्पष्ट विवरण हो। दाऊद परमेश्वरमा गहिरो विश्वास र भक्ति राख्ने अनि आफ्ना मानिसहरूको मन जित्न सक्ने व्यक्तिको रूपमा देखिएका छन्। तापनि उनी कति पटक आफ्ना चाहनाहरू र आकाङ्क्षाहरू पूरा गर्न निर्दयी हुने र डरलाग्दा पापहरू गर्न पनि इच्छुक हुने व्यक्तिको रूपमा पनि देखिएका छन्। तर परमप्रभुका अगमवक्ता नातानद्वारा उनका पापहरू देखाइएपछि उनले ती कुराहरूलाई स्वीकार गर्छन् अनि परमेश्वरले दिनुभएको दण्डलाई पनि स्वीकार गर्छन्। दाऊदको जीवन र उनले प्राप्त गरेका उपलब्धिहरूबाट इस्राएलका मानिसहरू यति धेरै प्रभावित भए कि पछि राष्ट्रिय विपत्तिका समयहरूमा तिनीहरूले अर्को राजाको चाहना गर्दा यस्तो व्यक्ति चाहन्थे, जो ‘दाऊदको पुत्र’ हुनुपर्थ्यो अर्थात् दाऊदको एक सन्तान जो उनीजस्तै।
संक्षिप्त विषय-सूची
यहूदामा दाऊदको शासन १:१—४:१२
सारा इस्राएलमा दाऊदको शासन ५:१—२४:२५
क) सुरुका वर्षहरू ५:१—१०:१९
ख) दाऊद र बतशेबा ११:१—१२:२५
ग) सङ्कष्ट कठिनाइहरू १२:२६—२०:२६
घ) पछिल्ला वर्षहरू २१:१—२४:२५
अहिले सेलेक्ट गरिएको:
२ शमूएल पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.