अरामका राजा र इस्राएलका बीचमा लडाइँ चल्दै थियो। आफ्ना अधिकृतहरूसित सल्लाह गरेर उनले एउटा छाउनी हाल्ने ठाउँ छाने। तर एलीशाले इस्राएलका राजालाई अरामीहरू बाटो ढुकेर बसेको कारण त्यस ठाउँको छेउमा नजान चेतावनी दिएर खबर पठाए। इस्राएलका राजाले त्यस ठाउँमा बस्ने आफ्ना मानिसहरूलाई खबर पठाए र तिनीहरू होशियार भए। यस्तो धेरै पटक भयो। त्यो देखेर अरामका राजा औधी बेचैन भए। उनले आफ्ना अधिकृतहरूलाई बोलाएर भने, “तिमीहरूमध्ये को इस्राएलका राजापट्टि लागेका छौ?” एउटाले भने, “राजन्, हामी कोही पनि उतापट्टि लागेका छैनौं। हजुरले आफ्नो कोठामा एकान्तमा भनेका कुरा पनि एलीशा अगमवक्ताले इस्राएलका राजालाई बताइदिन्छन्।” राजाले आज्ञा गरे, “त्यो कहाँ बस्छ, पत्तो लगाऊ। म त्यसलाई कैद गर्नेछु।” एलीशा दोतानमा छन् भनी राजालाई खबर भयो। उनले घोडा र रथहरूका साथ एउटा ठूलो सैन्य दल त्यहाँ पठाए। सैन्य दल राती सहरमा पुगेर त्यसलाई घेरे। भोलिपल्ट बिहानै एलीशाको चाकर उठेर घरबाट निस्क्यो र घोडा र रथहरूसहित अरामी सेनाले सहर घेरिराखेको त्यसले देख्यो। त्यो फर्केर एलीशाकहाँ आयो र कराएर भन्यो, “हजुर, हामी नाश भयौं! अब कसो गर्नू?” एलीशाले उत्तर दिए, “नडरा। तिनीहरूपट्टि भन्दा हामीपट्टि धेरै जना छन्।” तब उनले प्रार्थना गरे, “हे परमप्रभु, त्यसका आँखा खोलिदिनुहोस् र त्यसले देख्न सकोस्!” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो। त्यस चाकरले फेरि हेर्दा एलीशाका चारैपट्टि आगोका घोडा र रथहरूले डाँडा भरिएको देख्यो।
२ राजा 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजा 6:8-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू