यसकारण प्यारा साथी हो, हामीले यी प्रतिज्ञा पाएकोले शरीर र आत्मालाई बिटुल्याउने सबै किसिमका कुराहरूबाट हामीहरू टाढै बसौं अनि परमेश्वरको डर मानेर पूरासँग पवित्र हुँदै जाऔं। हामीसँग तिमीहरूको मन खोल। हामीले कसैलाई अन्याय गरेका छैनौं, कसैलाई बिगारेनौं। हामीले कसैबाट फाइदा उठाएनौं। तिमीहरूलाई दोष्याउन यसो भनेको होइन। हाम्रो हृदयमा तिमीहरू प्यारा छौ। हामी मरे पनि, बाँचे पनि सँगै रहनेछौं भनी मैले पहिले नै भनेको हुँ। तिमीहरूमा मेरो ठूलो भरोसा छ र तिमीहरूमै मलाई ठूलो घमण्ड पनि लाग्छ। तिमीहरूबाट मैले पूरा सान्त्वना पाएको छु र हाम्रा सबै दु:खमा म आनन्दै-आनन्द पाउँछु। साँच्चै हामी माकेडोनियामा आउँदा हामीले सुख पाएनौं। त्यहाँ जताततै आपत् थियो। बाहिरचाहिँ झैझगडा, मनभित्रचाहिँ डरै डर थियो। तर मनमा दु:ख हुनेहरूलाई परमेश्वरले नै सान्त्वना दिनुहुन्छ र परमेश्वरले तीतस आउँदा हामीलाई शान्ति दिनुभयो। उनी आएकोले मात्र होइन तर उनले तिमीहरूबाट पाएको सान्त्वनाद्वारा मैले सान्त्वना पाएँ। मलाई फेरि भेट्ने तिमीहरूको ठूलो चाहना छ रे भनी उनले हामीलाई बताए। अब तिमीहरू दु:खित पनि भयौ र मेरो पक्षमा लागेका छौ भनी मैले सुनें, यी सब सुनेर म साह्रै रमाएको छु। मेरो पत्रले तिमीहरूलाई कष्ट भयो नै होला, भए पनि मेरो मनमा पश्चात्ताप छैन। म जान्दछु, त्यो पत्रले केही बेरलाई भए पनि तिमीहरूको मनमा पीर पर्यो। यो जानेर मलाई पश्चात्ताप भए तापनि अब म खुसी छु। तिमीहरूलाई कष्ट पर्यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्यो भनेर खुसी लागेको हो। परमेश्वरलाई सम्झेर शोक गर्यौ। त्यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन। परमेश्वरलाई सम्झेर शोक गर्यौं भने यसले हामीमा पश्चात्ताप ल्याउँछ र हामीलाई मुक्तितिर लैजान्छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्छ भने यसले हामीलाई मृत्युतिर लैजान्छ।
२ कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 7:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू