YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 10:3-6

२ कोरिन्थी 10:3-6 सरल नेपाली

हो, हामी शरीरमा छौं तर शारीरिक स्‍वभावअनुसार हामी झगडा गर्दैनौं। हाम्रा हातहतियार शारीरिक हातहतियार होइन। हामीले चलाउने गरेका हतियार त परमेश्‍वरकै शक्तिशाली हतियार हुन्। यिनीहरूले किल्‍ला भत्‍काउन सक्‍छन्। यी हतियारले हामी नचाहिँदो वाद-विवादलाई हराउनेछौं। परमेश्‍वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्‍डले भरिएका बाधा ल्‍याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्‍याएर ख्रीष्‍टप्रति आज्ञाकारी बनाउँछौं। तिमीहरूले पूरै आज्ञा मानेको देखाएपछि हामी आज्ञा नमान्‍नेलाई सजाय दिन तयार हुनेछौं।

२ कोरिन्थी 10 पढ्नुहोस्