YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 1:15-22

२ कोरिन्थी 1:15-22 सरल नेपाली

हामीले एक-अर्कालाई बुझ्‍छौं भन्‍ने कुरामा मलाई पक्‍का भरोसा थियो र नै मैले तिमीहरूलाई भेट्‍न आउने इच्‍छा गरेको थिएँ। यसरी तिमीहरूलाई दोबर फाइदा हुनेथियो। माकेडोनिया जाँदा पनि तिमीहरूलाई भेटेर जाने र फर्कंदा पनि भेट्‍नेछु र तिमीहरूबाट यहूदिया जानलाई सहायता पाउनेछु भनी विचार गरें। के मैले सोचविचार नगरी आउने बन्‍दोबस्‍त गरेको थिएँजस्‍तो तिमीहरूलाई लाग्‍छ? घरी हुन्‍छ, घरी हुँदैन भनेर के म आफ्‍नै स्‍वार्थलाई हेर्छु र? परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ र म पनि घरी हुन्‍छ, घरी हुँदैन भनेर प्रतिज्ञा गर्दिनँ किनकि सिलास, तिमोथी र मैले प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टमा ‘हो’ र ‘होइन’ ले बास गर्दैन। तर परमेश्‍वरको ‘हो’ ले उहाँमा बास गर्छ। परमेश्‍वरका सबै प्रतिज्ञाहरू येशू ख्रीष्‍टमा पूरा हुन्‍छन्, यसैकारणले उहाँकै नाउँमा र परमेश्‍वरको आदरको निम्‍ति हामी ‘आमेन’ भन्‍दछौं। परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दरिलो बनाउनुभएको छ। उही परमेश्‍वरले हामीलाई अलग गर्नुभएको छ र मेरै हो भन्‍ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्‍मा दिनुभएको छ।

२ कोरिन्थी 1 पढ्नुहोस्