YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 1:1-7

२ कोरिन्थी 1:1-7 सरल नेपाली

परमेश्‍वरकै इच्‍छाले ख्रीष्‍ट येशूको खबर ल्‍याउने प्रेरित म पावल र तिमोथी भाइ मिलेर कोरिन्‍थमा भएका परमेश्‍वरका मण्‍डली र अखैयामा चारैतिर बस्‍ने सबै ख्रीष्‍टका पवित्र जनहरूलाई यो लेख्‍दै छौं। हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्‍त्‍वना दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ। उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्‍त्‍वना दिनुहुन्‍छ। अरू दु:खमा पर्नेहरूलाई त्‍यसरी नै सान्‍त्‍वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्‍त्‍वना दिनुभएको छ। ख्रीष्‍टको कष्‍टमा हाम्रो भाग छ। यसैकारणले नै ख्रीष्‍टको नाउँमा परमेश्‍वरले हामीलाई सान्‍त्‍वना दिनुहुन्‍छ। हामीले दु:ख भोग्‍यौं भने त्‍यो तिमीहरूकै सान्‍त्‍वना र मुक्तिको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने तिमीहरूले पनि सान्‍त्‍वना पाउनेछौ। तब धैर्यसाथ हामीले नै भोगेजस्‍तो दु:ख भोग्‍न र सहने शक्ति पनि तिमीहरूलाई मिल्‍नेछ। यसकारण तिमीहरूमा भएको हाम्रो आशा कहिले पनि डग्मगिंदैन। हामीलाई थाहा छ, हामीले भोगेजस्‍तो दु:ख तिमीहरूले पनि भोग्‍छौ अनि हामीले नै पाएको जस्‍तो सान्‍त्‍वना तिमीहरूले पनि पाउँछौ।

२ कोरिन्थी 1 पढ्नुहोस्