YouVersion लोगो
खोज आइकन

२ इतिहास 5

5
1 # 2 शमूएल 8:11; १ इतिहास 18:11 मन्‍दिरका सबै काम सकिएपछि मन्‍दिरका भण्‍डारहरूमा सोलोमन राजाले परमप्रभुलाई अर्पण गरिएका सबै चीजहरू राखे– चाँदी, सुन र अरू चीजबीजहरू।
करारको सन्‍दुक मन्‍दिरमा ल्‍याइन्‍छ
(१ राजा ८:१-९)
2 # 2 शमूएल 6:12-15; १ इतिहास 15:25-28 त्‍यसपछि दाऊदको सहर सियोनबाट परमप्रभुको करारको सन्‍दुक मन्‍दिरमा ल्‍याउन सोलोमन राजाले इस्राएलका सबै कुल र परिवारका अगुवाहरूलाई यरूशलेममा भेला हुन बोलाए। 3छाप्रोवासको चाड भएको समयमा तिनीहरू भेला भए। 4सबै अगुवाहरू भेला भएपछि लेवीहरूले करारको सन्‍दुक उठाए 5र बोकेर मन्‍दिरमा लगे। पूजाहारी र लेवीहरूले परमप्रभुको पवित्र पाल र त्‍यसका सर-सामान पनि मन्‍दिरमा पुर्‍याए। 6सोलोमन राजा र इस्राएलका सबै मानिसहरू करारको सन्‍दुकको अघि भेला भए र भेडा र गाई-गोरु गन्‍ती गर्न नसकिने ठूलो सङ्‍ख्‍यामा बलि चढाए। 7त्‍यसपछि पूजाहारीहरूले करारको सन्‍दुक मन्‍दिरभित्र लगेर महा-पवित्रस्‍थानमा स्‍वर्गदूतहरूको पखेटाको मुनितिर राखे। 8तिनीहरूका फैलिएका पखेटाहरूले सन्‍दुक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाक्‍दथे। 9डन्‍डाका टुप्‍पाहरूलाई महा-पवित्रस्‍थानको ठीक अघिल्‍तिर खडा हुने व्‍यक्तिले देख्‍न सक्‍थ्‍यो; तर अरू कुनै ठाउँबाट ती देखिँदैनथे। आज पनि ती डन्‍डाहरू त्‍यहीँ छन्। 10#व्यवस्था 10:5करारको सन्‍दुकभित्र मोशाले सीनै पर्वतमा राखेका दुईटा ढुङ्गाका पाटीहरूबाहेक अरू केही कुरा थिएन। त्‍यस बेला इस्राएलका मानिसहरू मिश्र छोड्दा परमप्रभुले एउटा करार बाँध्‍नुभएको थियो र त्‍यसपछि तिनीहरूसित ती पाटी सन्‍दुकमा राखिएका थिए।
परमप्रभुको महिमा
11-14 # १ इतिहास 16:34; २ इतिहास 7:3; एज्रा 3:11; भजनसंग्रह 100:5; 106:1; 107:1; 118:1; 136:1; यर्मिया 33:11 # प्रस्‍थान 40:34,35 जुनसुकै दलका भए पनि त्‍यहाँ हाजिर भएका सबै पूजाहारीहरू, आसाप, हेमान, यदूतून र उनका गोत्रका मानिसहरूले मिहिन सुतीका कपडा पहिरिएका थिए। लेवीहरू वेदीको पूर्वमा झ्‍याली र वीणाहरू लिएर खडा थिए। तिनीहरूसित तुरही बजाउने एक सय बीस जना पूजाहारी थिए। गीत गाउनेहरूलाई खुबै सुर र ताल मिलाएर तुरही, झ्‍याली र अरू बाजाहरूले साथ दिइरहेका थिए। गीत गाउँदै तिनीहरूले परमप्रभुको यसरी प्रशंसा गरे:
“परमप्रभुको प्रशंसा गर किनभने उहाँ भला हुनुहुन्‍छ
र उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
परमप्रभुका आँखा तिरमिराउने गरी चम्‍कने महिमाले गर्दा चहकिलो बादलले अचानक मन्‍दिर भरियो र तिनीहरूले आराधना कार्य गरिरहन सकेनन्।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 5: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्