२ इतिहास 27
27
यहूदाका राजा योताम
(२ राजा १५:३२-३८)
1पच्चीस वर्षको उमेरमा योताम राजा भए र उनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। उनकी आमा सादोककी छोरी यरूशा थिइन्। 2उनले आफ्ना बुबाले झैँ परमप्रभुलाई प्रसन्न गराउने काम गरे। उनले मन्दिरमा धूप बालेर बुबाचाहिँले झैँ पाप गरेनन्। तर प्रजाले भने पाप गर्न छोडेनन्। 3मन्दिरको उत्तरपट्टिको मूल-ढोका योतामले बनाए र यरूशलेमको इलाकाभित्र ओफेल भनिने ठाउँछेउ सहरको पर्खालमा धेरै काम गरे। 4यहूदाका पहाडी इलाकामा उनले सहरहरू बसाले र जङ्गलमा किल्ला र धरहराहरू बनाए। 5उनले अम्मोनका राजा र उनका सेनासँग लडाइँ गरे र तिनीहरूलाई जिते। तब उनले अम्मोनीहरूलाई तीन वर्षसम्म वर्षेनी यी राजकरहरू तिर्न लाए– ३,४०० किलोग्राम चाँदी, १,००० मेट्रिक टन गहुँ र १,००० मेट्रिक टन जौ। 6योताम शक्तिशाली हुँदैगए किनभने उनी विश्वासयोग्यतासाथ परमप्रभु आफ्ना परमेश्वरको आज्ञाकारी भए। 7योतामको शासनकालका अरू घटनाहरू, उनका लडाइँ र नीतिहरू सबै इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। 8राजा हुँदा योतामको उमेर पच्चीस वर्ष थियो। उनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। 9उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनका छोरा आहाज राजा भए।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 27: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.