परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमा उत्रनुभयो र उनी आसा राजालाई भेट्न गए। उनले जोडले भने, “मेरा कुरा सुन! हे राजा आसा र यहूदा र बेन्यामीनका सबै मानिसहरू हो! जबसम्म तिमीहरू परमप्रभुको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। तिमीहरूले उहाँलाई खोज्यौ भने उहाँलाई भेट्टाउनेछौ; तर उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ। धेरै समयसम्म इस्राएलले साँचो परमेश्वरबिना जीवन बिताइरह्यो। तिनीहरूलाई सिकाउन पूजाहारीहरू थिएनन्, व्यवस्था नै थिएन। तर जब कष्ट आयो, तिनीहरू परमप्रभु इस्राएलका परमेश्वरतिर फर्के। तिनीहरूले उहाँलाई खोजे अनि पाए। ती दिनमा कोही पनि बिनाडर आउ-जाउ गर्न सक्दैनथे किनभने हरेक देशमा कष्ट र गड्बडी थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई सताउँथ्यो किनभने परमेश्वरले तीमाथि दु:ख र कष्ट ल्याउँदै हुनुहुन्थ्यो। तर तिमीहरू बलिया हुनुपर्छ र हताश हुनुहुँदैन। तिमीहरूले जे काम गर्छौ, त्यसको फल पाउनेछौ।”
२ इतिहास 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 15:1-7
1 Week
Learn what the Bible says about boldness and confidence. The "Courage" Reading Plan encourages believers with reminders of who they are in Christ and in God's kingdom. When we belong to God, we're free to approach Him directly. Read again – or maybe for the first time – assurances that your place in God's family is secure.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू