परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो। तिनी आसालाई भेट गर्न निस्केर तिनलाई भने, “हे आसा, सबै यहूदा र बेन्यामीन, मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई खोज्यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ। धेरै समयसम्म त इस्राएल साँचो परमेश्वर, सिकाइदिने पूजाहारी र व्यवस्थाविना थियो। तर जब आफ्नो कष्टमा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्केर उहाँलाई खोजे, तब तिनीहरूले पाऊन् भनी उहाँ स्वयम् प्रकट हुनुभयो। मानिसहरू आ-आफ्ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्। सारा देशका बासिन्दाहरूले हुनसम्मको कष्ट भोग्नुपर्यो। एउटा राष्ट्रले अर्कोलाई अत्याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो। तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”
२ इतिहास 15 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 15:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू