YouVersion लोगो
खोज आइकन

२ इतिहास 1

1
सोलोमन राजाले बुद्धिको निम्‍ति प्रार्थना गर्छन्
(१ राजा ३:१-१५)
1दाऊद राजाका छोरा सोलोमनले इस्राएल राज्‍यको शासन बलियो गरी आफ्‍नो हातमा लिए। परमप्रभु उनका परमेश्‍वरले उनलाई आशिष् दिनुभयो र धेरै शक्तिशाली बनाउनुभयो।
2सोलोमन राजाले सबै अधिकृतहरू सय-सय र हजार-हजारका सेनापतिहरू, सरकारी भारदारहरू, परिवार-परिवारका प्रधानहरू र सारा बाँकी प्रजालाई 3आफूसित गिबोनका आराधना-स्‍थलमा जाने आज्ञा गरे। तिनीहरू त्‍यहाँ गए किनभने परमप्रभुले बास गर्ने पवित्र पाल त्‍यहीँ राखिएको थियो। त्‍यस पाललाई परमप्रभुका सेवक मोशाले उजाड-भूमिमा बनाएका थिए। 4#2 शमूएल 6:1-17; १ इतिहास 13:5-14; 15:25—16:1(करारको सन्‍दुक यरूशलेममा नै थियो। दाऊद राजाले त्‍यसलाई किर्यत-यारीमबाट ल्‍याएर त्‍यहाँ आफूले तयार गरेको एउटा तम्‍बुमा राखेका थिए।) 5#प्रस्‍थान 38:1-7ऊरीका छोरा र हूरका नाति बजलेलले बनाएका काँसाको वेदी पनि गिबोनमा परमप्रभुले बास गर्ने पवित्र पालको सामुन्‍ने राखिएको थियो। त्‍यहाँ सोलोमन र सारा इस्राएलका मानिसहरूले परमप्रभुलाई पुजे।
6पवित्र पालको सामुन्‍ने राजाले काँसाको वेदीमा होमबलि चढाएर परमप्रभुलाई पुजे। उनले एक हजार पशु मार्न लाएर त्‍यस वेदीमा होमबलि चढाए।
7त्‍यस रात परमेश्‍वरले सोलोमनलाई दर्शन दिनुभयो र सोध्‍नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्‍छस्?”
8सोलोमनले उत्तर दिए, “तपाईंले मेरा बुबा दाऊदलाई सधैँ महान् प्रेम देखाउनुभयो र अहिले मलाई उनीपछि राजा हुन दिनुभयो। 9#उत्‍पत्ति 13:16; 28:14हे परमप्रभु परमेश्‍वर! तपाईंले मेरा बुबालाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले मलाई एउटा जातिमाथि राजा बनाउनुभयो, जसको सङ्‍ख्‍या यति धेरै छ कि तिनको गन्‍ती हुन सक्‍दैन।
10यसर्थ तिनीहरूमाथि राज्‍य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?”
11परमेश्‍वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्‍पत्ति, सुनाम वा शत्रुको मृत्‍यु वा आफ्‍नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्।
12म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्‍पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्‍यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्‍यै कुनै राजाले पाउनेछ।”
सोलोमन राजाको शक्ति र धन
(१ राजा १०:२६-२९)
13यसकारण सोलोमन गिबोनको आराधना-स्‍थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्‍यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्‍यहाँबाट उनले इस्राएलमाथि राज्‍य गरे। 14#१ राजा 4:26उनले चौध सय रथ र बाह्र हजार घोड-चढीहरूको एउटा सेना तयार गरे। तीबाट केही उनले यरूशलेममा राखे र बाँकी अरू विभिन्‍न सहरहरूमा खटाए। 15उनको राज्‍यकालमा यरूशलेममा सुन र चाँदी ढुङ्गासरह र देवदारुको काठ साधारण नेभाराका काठसरह जहीँ-तहीँ पाइन्‍थ्यो। 16#व्यवस्था 17:16राजाका प्रतिनिधिहरूले मिश्र र क्‍यूएबाट घोडाहरूको निकासीको व्‍यापार गर्दथे। 17तिनीहरूले मिश्रदेशबाट रथहरूको निकासी गर्थे। तिनीहरूले हित्ती र अरामी राजाहरूलाई एउटा रथलाई छ सय र एउटा घोडालाई डेढ सय चाँदीका टुक्राका दरले दाम लिएर बेच्‍थे।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 1: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्