YouVersion लोगो
खोज आइकन

१ तिमोथी 6:6-11

१ तिमोथी 6:6-11 सरल नेपाली

हुन त हो, ऊ आफूसँग भएको कुरामा सन्‍तोष छ भने भक्तिले धेरै धनी हुनेछ। जन्‍मँदा हामीले के लिएर आयौं? अनि मर्दा के पो लिएर जानेछौं र? त्‍यसो भए त हामीलाई खान र लाउन पाए त पुगिहाल्‍यो नि तर धनी हुन खोज्‍ने मानिस पापमा पार्ने कुरामा फस्‍दछ। ऊ मूर्ख र हानि गर्ने इच्‍छाहरूको पासोमा पर्दछ। यी खराब इच्‍छाहरूले उसलाई डरलाग्‍दो नाश र नरकमा पुर्‍याउँछ किनभने सब किसिमको खराबीको मूल नै धनसम्‍पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्‍वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ। परमेश्‍वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्‍गै बस। तिमीले परमेश्‍वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्‍वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्‍नो मन लगाऊ।

१ तिमोथी 6 पढ्नुहोस्