YouVersion लोगो
खोज आइकन

१ तिमोथी 4:1-5

१ तिमोथी 4:1-5 सरल नेपाली

पवित्र आत्‍माले प्रष्‍टै भन्‍नुहुन्‍छ, पछिपछि कति मानिसहरूले विश्‍वासै गर्न छोड्‍नेछन्। उनीहरूले भर्माउने आत्‍माका कुरा सुन्‍नेछन् अनि भूतले दिएका शिक्षा मान्‍नेछन्। यस्‍ता शिक्षाहरू झूटा कपटी मानिसबाट आउँछ, जसको विवेक रन्‍केको फलामले डामेर मरिसकेको हुन्‍छ। यिनीहरूले विवाह गर्नुहुँदैन र कति कुराचाहिँ खानुहुँदैन भनेर मानिसहरूलाई सिकाउँछन्। तर विश्‍वास गर्ने र सत्‍यलाई चिन्‍नेहरूले धन्‍यवाद चढाएर यी खाने कुराहरू खानुहुन्‍छ किनभने परमेश्‍वरले नै यी कुरा सृष्‍टि गर्नुभएको हो। परमेश्‍वरबाट सृष्‍टि भएका सबै कुराहरू राम्रा छन्। परमेश्‍वरलाई धन्‍यवाद ग्रहण गरेमा कुनै थोक पनि इन्कार गरिदिनुपर्दैन किनभने परमेश्‍वरको शिक्षा र प्रार्थनाले नै त्‍यसलाई चोखो तुल्‍याउँछ।

१ तिमोथी 4 पढ्नुहोस्