YouVersion लोगो
खोज आइकन

१ तिमोथी 4:1-5

१ तिमोथी 4:1-5 NNRV

पवित्र आत्‍मा प्रष्‍टै भन्‍नुहुन्‍छ, कि पछि आउने समयमा छली आत्‍मा र भूतप्रेतका सिद्धान्‍ततिर मन लाएर कोही विश्‍वासबाट तर्किजानेछन्‌। झूट बोल्‍ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्‍तो हुन्‍छ। तिनीहरू विवाह निषेध गर्छन्‌। विश्‍वास गर्नेहरू र सत्‍य जान्‍नेहरूले धन्‍यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्‍वरले सृजनुभएका भोजनहरूबाट अलग्‍ग बस्‍ने आदेश दिन्‍छन्‌। परमेश्‍वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्‍यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्‍कार गरिनुपर्दैन। किनभने त्‍यो परमेश्‍वरको वचन र प्रार्थनाले चोखो तुल्‍याइन्‍छ।